काठमाडौं – नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वरस्थित लेट मि इनमा उपलब्ध कोरियन प्रविधियुक्त एस्थेटिक्स सेवाहरूमा छुट दिने सहमति भएको छ ।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र खाता रहेका ग्राहकहरूले लेट मि इनको विविध सौन्दर्य र छाला सम्बन्धी उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इनका प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन् ।



About Us
प्रतिक्रिया