गभर्नर पौडेलविरुद्धको मुद्दा चौथो पटक ‘हेर्न नमिल्ने’मा


काठमाडौं– गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाइ आज पनि नहुने भएकाे छ । सर्वोच्च अदालतमा न्यायाधीशद्वय हरि प्रसाद फुयाल र टेक प्रसाद ढुंगानाको इजलासमा सुनुवाइ तोकिए पनि हेर्न नमिल्ने भएको हो।

न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा तेस्रो नम्बरमा सुनुवाइ तोकिएको थियो । अधिवक्तात्रय अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर पौडेलमा कानुनले तोकिएको योग्यता नभएको दाबीसहित सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्।