१ करोड ५७ लाख रुपैयाँ बराबरको बैंकिङ्ग कसुरका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर बस्ने ३६ वर्षीय सबिन महर्जन  रहेका छन् । उनीविरुद्ध सम्मानित काठमाडौं जिल्ला अदालत,बबरमहलबाट बैंकिङ्ग कसुर मुद्दामा  पक्राउ अनुमति प्राप्त भई सकेको प्रहरीले जनाएको छ । 

उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले बताएको छ । उनीविरूद्ध  बैंकिङ्ग कसुर मुद्दामा नौ लाख असी हजार रुपैंया बिगो बाँकी छ।

महर्जनको विरुद्धमा अनुसन्धान गर्ने क्रममा पहिला नै दुई वटा बैंकिङ्ग कसुर मुद्दा परिसकेको खुल्न आएको छ । उनीविरुद्ध २०८१ साल असोज ९ गते प्रहरी वृत्त थानकोट काठमाडौंमा १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ्ग कसुर गरेको मुद्दा दर्ता भएको थियो, भने सोही सालको कात्तिक २७ गते प्रहरी वृत्त बालाजु काठमाडौंमा ७ लाख रुपैयाँ बराबरको बैंकिङ्ग कसुर मुद्दा दर्ता भएको थियो ।