११ महिनामा सबैभन्दा धेरै कमाउने लघु जीवन बीमकमा गार्डिन माइक्रो लाइफ


काठमाडौं – लघु जीवन बीमकले चालु आर्थिक वर्ष २०७१/८२ को ११ महिना जेठसम्म १ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले जेठसम्म १६ लाख ६२ हजार ३२६ वटा बीमालेख बिक्री गरेर १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क कमाएका हुन् ।

११ महिनामा सर्वाधिक व्यापार गर्नेमा गार्डिन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ११ लाख २० हजार ६८२ वटा बीमालेख बिक्री गरेर ४१ कराड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यस्तै, क्रेस्ट माइक्रो लाइफले ३ लाख ९४ हजार ४०१ वटा बीमालेख बिक्री गरेर ३९ करोड ९४ लाख रुपैयाँ, लिबर्टी माइक्रो लाइफले १ लाख ४७ हजार २४० वटा बीमालेख बिक्री गरेर २८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।