प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारण सभा भोलि



काठमाडौं – प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा भोलि असार १६ गते गर्ने भएको छ ।कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०८१ /८२ को कारोवारको लेखापरीक्षण गर्न कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको खर्च अनुमोदन गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० /८१ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । सभा कम्पनीको मूख्य कार्यालय धनगढी कैलालीमा दिनको १ बजे गर्ने जनाएको छ ।