एनएलजी इन्स्योरेन्स द्वारा चैत मसान्तसम्मको दाबी भुक्तानी लिन बीमितलाई आग्रह



काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत मसान्तसम्म परेको दाबी निवेदनको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। बीमितलाई कम्पनीले सम्पर्कमा आई अपुग कागजात पेश गरेर दाबी भुक्तानी लिन आग्रह गरेको हो।

सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको दाबी फाइल नै बन्द गरिने कम्पनीले जनाएको छ। दाबी भुक्तानी लिन बाँकी बीमितको विवरण वेबसाइटमा पनि प्रकाशित गरिएको छ ।