काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते शेयरधनीहरुलाई १७ औँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको २०५ औँ बैठकले उक्त सभा दिउसो १ बजे होटेल इच्छा सिमरा, बारामा बस्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त सभा प्रयोजनका लागि असार २० गते शेयर दाखिला खारेज बन्द (बुक क्लोज) को मिति तय गरेको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०८०/८१ को संचित नाफाबाट ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।





About Us
प्रतिक्रिया