काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुका लागि असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जेठ १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.४२ कित्ता शेयर १ः०।४२ को अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर १ सय रुपैयाँ अंकित दरमा बिक्री खुला गरेको छ । उक्त शेयर खरिद गर्न योग्य शेयरधनीले साउन १३ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धकसँगे मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्ले ढुङ्गा, नेपालगन्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, सेबोनबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाइन पनि आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ ।



About Us
प्रतिक्रिया