लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो २३ औं वार्षिक साधारण सभा, १० प्रतिशत लाभांश प्रस्ताव


काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले २३ औं वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको १४२ औं बैठकको निर्णय अनुसार उक्त सभा असार ३० गते बस्ने भएको हो ।

कम्पनीले उक्त सभा बिहान ११ः४५ सुरु हुने गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा लगानीकर्ता हरुलाई बोलाएको छ ।

कम्पनीले उक्त सभा मार्फत कम्पनीको हाल चुक्ता पुँजी ५ अर्बबाट १० प्रतिशत बोनश शेयर र ०.५२६३ प्रतिशत नगद लाभांशको लगानीकर्ताहरुमा जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै, कम्पनीले उक्त सभा प्रयोजनका लागि असार १६ गते शेयरधनी दर्ता किताव (बुक क्लोज) को मिति तय गरेको हो ।