काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीले बालबालिकाहरूको गुणस्तरीय शिक्षाको लागि ‘बाल शैक्षिक योजना’ सुरु गरेको छ। आर्थिक श्रोतको जोहो गर्न, अभिभावकको अनुपस्थितिमा पनि बालबालिकाको शैक्षिक क्रियाकलाप तथा अन्य दैनिक सुविधालाई निरन्तरता कायम गर्ने उद्देश्यले कम्पनीले उक्त योजना सुरुवात गरेको हो ।
कम्पनीले सुरू गरेकाे ‘बाल शैक्षिक योजना’ सँग सम्बन्धित रहेर कम्पनीका सहायक प्रबन्धक सुजित प्रसाद शाहसँग बैंकिङ्ग समाचारले गरेकाे कुराकानी सम्पादित अंशः
जस्तोसुकै परिस्थितिमा पनि बालबालिकाले गुणस्तरीय शिक्षा हासिल गर्न तथा दैनिक जीवन यापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले बालबालिकाको सावधिक जीवन बीमा बाल शैक्षिक योजना प्रचलनमा ल्याइएको हो । हामीसँग पहिला पनि बालबालिकाको लागि हुने किसिमको थुप्रै बीमालेखहरु समावेश थिए । त्यसमा नेपाल बीमा प्राधिकरणले केही कुराहरूमा संशोधन गर्न निर्देशन जारी गरेको थियो । त्यही निर्देशिका अनुरुप हामीले नयाँ योजना ल्याएका हाैँ । यो योजनामा बालबालिका अभिभावकको मृत्यु भएको खण्डमा प्रिमियम तिर्न नपर्ने व्यवस्था रहेको छ। न्यूनतम बीमाङ्क पच्चिस हजार रुपैयाँ मात्र र अधिकतम बीमाङ्क पचास लाख रुपैयाँ रहेको छ ।
यसको लागि न्यूनतम प्रवेश उमेर १ वर्ष (१ दिनदेखि ३६४ दिनसम्म ० वर्ष गणना हुन्छ।) र यसको अधिकतम प्रवेश उमेर १७ वर्ष पुरा हुनु हो । अधिकतम परिपक्वता उमेर ४२ वर्ष हो । न्यूनतम बीमा अवधि १० वर्षको हुनेछ । साथै, अधिकतम बीमा अवधि २५ वर्षको हुनेछ । बीमा शुल्क भुक्तानीको तरिका वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक हुनेछ ।
जोखिम बहनको हकमा प्रस्तावकको समेत अनिवार्य रूपमा जोखिम वहन हुने व्यवस्था रहेको छ । बजारको माग अनुसारको नयाँ-नयाँ बीमा योजना बजारमा ल्याउन कठिन छ। हामीहरूले जोखिमको बहनका पाटो मात्र नभएर दाबीको पक्षलाई पनि ध्यानमा राख्नुपर्छ । बालबालिकाको पोलिसी दाबी भुक्तानीमा कुनैपनि समस्या नआउने किसिमले हामीले यो योजना बजारमा ल्याएका हाैँ ।
पछिल्लो समय बीमा सबै वर्गको लागि अपरिहार्य रहेको छ । बैंकमा बचत गर्दा केही समयको लागि फिर्ता आउँछ । तर, बीमाले अनिश्चित रूपमा आउने जोखिममा पनि अहम् भूमिका खेल्ने गर्छ । जसरी बैंकिङ्ग पहुँचमा सबै पुगेका छन् त्यसरी नै बीमाको पहुँच पनि बिस्तारै बढ्दै गएको छ । सबैले बीमा गर्न आवश्यक छ ।






About Us
प्रतिक्रिया