लाइफ इन्स्योरेन्स कर्पाेरेशनका अध्यक्ष महान्तिको कार्यकाल समाप्त


काठमाडौं – लाइफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ महान्तिको कार्यकाल सकिएको छ ।

महान्ति जेठ २४ गतेबाट भारतीय जीवन बीमा निगमका कार्यकारी अधिकृतबाट अवकाश भएका हुन् । यससँगै सोही मितिदेखि यस कम्पनीको अध्यक्षको समेत पदावधि समाप्त भएको छ ।