नेपाल रेमिटबाट आएको रकम आइएमई पे वालेटमा प्राप्त हुने

नेपाल रेमिटबाट आएको रकम आइएमई पे वालेटमा प्राप्त हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने सम्झौता भएको हो । 

सम्झौताअनुसार विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहेका मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराउँदै आएको जनाएको छ । २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको जनाइएको छ ।