काठमाडौं – एयर इन्डियाको उडान १ बोइङ ७८७–८ ड्रिमलाइनर विमान दुर्घटनाले १० अर्बभन्दा बढी बीमा दाबी पर्न सक्ने अनुमान गरिएको छ । जुन सम्भावित रूपमा भारतको अहिलेसम्मकै सबैभन्दा महँगो उड्डयन बीमा भुक्तानी हुनेछ ।
दुर्घटनामा विमानमा सवार २४१ जना र विमान ठोक्किएका आवासीय भवनमा बसेका २४ जना गरी कुल २६५ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएकाे छ ।
एयर इन्डियाको फ्लीट २० अर्ब डलरको उड्डयन बीमा गरिएको थियो । यो जोखिमको पुनर्बीमा एआईजीको नेतृत्वमा रहेको विश्वव्यापी कन्सोर्टियमद्वारा व्यवस्थित गरिएको छ । टाटा समूहले मृतकका परिवारलालाई भारु १ करोड क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ ।





About Us
प्रतिक्रिया