एआइजी दान बहादुर कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक


काठमाडौं –  नेपाल प्रहरीको मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । एआइजी कार्कीको शब्द रहेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो ।

बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कडरियाले स्वर भरेको गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छिन्। यस गीत गजब टिभीबाट रिलिज भएको छ । यो गीतको निर्देशन किरण थापाले गरेका छन् ।

उनको यस बाल गीतमा नेपालीको पहिचानको रूपमा रहेको गुन्यु चोली पटुकीलाई उजागर गरिएको छ । कार्की २०५४ सालदेखि नेपाल प्रहरीमा कार्यरत रहेका छन् । उनको यसभन्दा अगाडि दसैँ रमाइलो, ‘फूलको बास्ना सरी’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन् ।

कार्कीको फूलको बास्ना सरी गीतमा  प्रहरीको पीडा र भावना समावेश भएको ‘फूलको वासना सरी’ गीत सार्वजनिक भएको थियो । जनताको सेवा र सुरक्षार्थमा खटिने नेपाल प्रहरीको अव्यक्त भावना, गीतमा प्रहरीका दुःखहरू नागरिकप्रति खटिने चाहना लगायतका भाव समेटिएका थिए। जुन गीत सर्वसाधारणले निकै रुचाएका छन् ।

भिडियाेः