सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं –  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण तथा विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहतर्फको २ लाख ४९ हजार ७७३ कित्ता शेयर बिक्रीमा राखेको हो। 

यसअघि  संस्थाले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि निष्कासन गरेको थियो सो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन नपरेकाले उक्त शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (असार १४) मा आवेदन दिन सक्नेछन् ।  आवेदन दिनका लागि यस संस्थाको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।