भारतमा निर्जीवन बीमा व्यवसायमा ६.५ प्रतिशत वृद्धि


काठमाडौं – मे महिनामाभारतको निर्जीवन बीमा व्यवसायले बीमा क्षेत्रले कुल प्रत्यक्ष प्रिमियममा ६.५५ वृद्धि गरेको छ । जुन २२,२५७ करोड रुपैयाँ पुगेको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा वृद्धि सुस्त भएको इकोनोमिक टाइम्सले जनाएको छ ।

गत वर्षको सोही महिनामा १४.९ प्रतिशतको वार्षिक वृद्धिदरको तुलनामा यो वर्ष सुस्त भएको छ । प्रिमियम वृद्धिदरमा आएको गिरावट मुख्यतया अक्टोबरमा सुरु भएको नियमका कारण भएको अनुमान गरिएको छ ।