काठमाडाैं– गत सोमबारदेखि ग्राउण्डेड नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मत पश्चात् नियमित उडानमा फर्किएको छ । उक्त जहाज प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । गत सोमबार काठमाडौं–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो…