बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि कायम गएपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ ।
मर्जरमा गएपछि कायम हुन आएको कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट सूचीकृत भएको हो । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले रू. २३६ दशमलव ८५ ओपन रेञ्ज दिएको छ ।
यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि बिहीवारदेखि कारोबारमा आउनेछ । १ बराबर शून्य दशमलव ९० अनुपातमा मर्जरमा गएका यी दुई बैंकले पुस २७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् ।
अब मेगा बैंकका शेयरधनीको हितग्राही खातामा शेयर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट देखिनेछ । कम्पनीको स्टक सिम्बोल एनआईएमबि रहेको छ ।
प्रतिक्रिया