बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडको ३ लाख कित्ता संस्थापक शेयर फागुन १० गतेदेखि विक्रीमा आएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता रू. ४७५ तोकिएको यो शेयर खरीदका लागि फागुन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने व्यवस्था छ । रू. १० लाखसम्मको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी फागुन २८ गते विहान ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भएको छ । यो शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया