बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले १ लाख ३४ हजार ७९४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।
कम्पनीले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यसअघि पुस २७ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो ।
यो शेयरको न्यूनतम मूल्य रू. १६० तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया