बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले १६ हजार ६०० कित्ता संस्थापक शेयर फागुन ९ गतेदेखि विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने पनि कम्पनीले बताएको छ ।
प्रतिक्रिया