बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार हिमालयन बैंक र राधि विद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, राधि विद्युत कम्पनीको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यी दुवै कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया