कृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिष्ट

कृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिष्ट

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ५ जनाको नाम छनोट समितिले सिफारिस गरेको छ । सीईओ बन्न आवेदन दिएका २२ मध्ये ५ जनाको नाम छनोट समितिले बिहीबार सर्टलिष्ट गरेको हो ।

बैंकको सीईओ पदका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायमुकायम नायव महाप्रबन्धक, यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका डीसीईओ विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रि कुमार गुरागाँईको नाम सर्टलिष्ट गरिएको छ ।

यिनै पाँचमध्ये बाट अब कृषि बिकास बैंकले सिईओ पाउनेछ । संचालक सुमन दाहाल नेतृत्वको छनौट समितिले २२ आवेदकबाट योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा टप ५ जनाको नाम छनोट गरेर सिफासिर गरेको हो । 

उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनाको नाम सिईओका लागि सिफारिस हुनेछन् । संचालक समितिले ती ३ जनामध्ये बाट एक जनालाई सीईओ नियुक्त गर्नेछ । उनीहरूलाई फागुन ६ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।

बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो ।

\"\"