बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन-कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआइसी एसिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआइसी एसिया बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नागरिक दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले नयाँ पत्रिकामा ६ जना, नागरिक १ जना, अन्नपुर्ण पोष्टमा १ जना, सौर्य दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
सिटीजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटीजन्स बैंकले अन्नपूर्ण पोष्टमा ४ जना, अभियान दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नागरिक दैनिकमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये माछापुच्छ्रे बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीको लिलाम सम्बन्धी १५ दिने सूचना र नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा १ ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले ्कान्तिपुर दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिभिल बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
प्रभु बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्रभु बैंकले आर्थिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
सनराइज बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सनराइज बैंकले अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुको लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमई बैंकले अन्नपूर्ण पोष्टमा ५ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अभियान दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया