एभरेष्ट बैंकबाट जग्गा र गाडी धितोमा राखि ऋण लिएका ऋणीहरुको सम्पती बैंकले बेच्दै

एभरेष्ट बैंकबाट जग्गा र गाडी धितोमा राखि ऋण लिएका ऋणीहरुको सम्पती बैंकले बेच्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले सवारी साधन र जग्गा धितोमा राखि ऋण लिएका ऋणीहरुको सम्पती लिलामी बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको जडिबुटि शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा ऋणी प्रधान ग्लास प्रालिका सञ्चालक अनिष प्रधान र नानीमैया प्रधान तथा जमानीकर्ता सुमन प्रधानले बैंकमा धितो राखेको सवारी लिलामी बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकले सन् २०१९ मा बनेको पी ३–०१ ०२२ च ३५२१ नम्बरको महिन्द्रा बोलेरो पिकअप र सन् २०१९ मा नै बनेको बा ५ ख ८७८६ नम्बरको टाटा मोटर्सको सवारी बिक्रीमा राखेको हो ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

यस्तै, बैंकले दिपायल शाखा कार्यालयबाट ऋणी कोट भैरव सुनचाँदी गहना पसलका सञ्चालक छत्र बहादुर सुनारको जग्गा बिक्री गर्ने भएको हो । बैंकले सुनारको नाममा रहेको दिपायल सिलगढी नगरपालिका ४ मा रहेको २७४.२४ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्रीमा राखेको हो ।