इभीको विषयमा मैले ठिक निर्णय गरे,गर्व गर्छु: अर्थमन्त्री पौडेल


काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधन (इभी) को सन्दर्भमा चालेको कदममा आफू विश्वस्त रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले इभीको सन्दर्भमा आफूले चालेको कदममा गर्व गर्ने बताएका हुन् ।  

उनले भने, ‘इभीको  सन्दर्भमा मैले ठिक गरेर भनेर आफ्नो निर्णयप्रति गर्व गर्न गर्छु’। इभीको कर बढ्ने त्रासमा व्यवसायीले इभी गाडी आयात बढाएका थिए । तर, बिहीबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले बजेटमा इभी साधन र हाइब्रिडको कर यथावत् राखेको घोषणा गरेका थिए ।