बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेदेखि हिमालयन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए ।
राष्ट्र बैंकले दुइटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिँदै एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मको डेडलाइन तोकेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।
प्राप्ति पश्चात बैंकको रष्टिर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । हिमालयन बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूको सिष्टम अपग्रेसन तथा डाटा माईग्रेसनका लागि फागुन ८ गते, फागुन १० गते र फागुन ११ गते सन्ध्याकालिन काउन्टर सेवा बन्द हुनेछ ।
साथै सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालयहरू फागुन ८ गतेदेखि ११ गतेसम्म बन्द हुने जानकारी समेत बैंकले दिएको छ । सिभिल बैंकको शाखा कार्यालयहरू फागुन ७ गते भने सुचारु हुुनेछ । एकिकृत कारोबार पश्चात् सिभिल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएकाले नजिकको सिभिल बैंकको शाखामा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया