डिम्याटमा बैंक खाता नम्बर अद्यावधिक गराउन कुमारी बैकले गर्यो ग्राहकहरुलाई आग्रह

डिम्याटमा बैंक खाता नम्बर अद्यावधिक गराउन कुमारी बैकले गर्यो ग्राहकहरुलाई आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले हितग्राही (डिम्याट) खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंक मर्ज भएकाले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको हो ।

कुमारी बैंक (१३०१५२००) र साविक एनसीसी बैंक (१३०१६३००) मा हितग्राही खाता खोली खाता संचालन गरिरहेका सेयरधनीहरुले बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मर्जरपश्चात् बैंक खाता परिवर्तन हुने भएकाले कुमारी बैंकका शाखा कार्यालय र कुमारी क्यापिटलमा गएर परिवर्तित खाता नम्बर डिम्याट खातामा अद्यावधिक गराउनुपर्नेछ ।

साथै, सिडिएस एण्ड क्लियरिङ्गबाट संचालित मेरो सेयर एप मार्फत समेत बैंक खाता अद्यावधिक गराउन सकिनेछ । जसले गर्दा विभिन्न कम्पनीहरुले वितरण गरेको नगद लाभांश समयमै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ ।