काठमाडौं – सरकारले आर्थिक वर्ष २०८२/८३ काे बजेटमा मार्फत कर्मचारीको महँगी भत्ता भने ५ हजार पुर्याएको छ । सरकारले कर्मचारीको तलब यथावत् राख्दै महँगी भत्ता भने ५ हजार पुर्याएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरूप तलब वृद्धि गर्न सम्भव नभएको बताए ।
पौडेलले भने, ‘सबै राष्ट्र सेवकहरूका लागि साउन १ गतेदेखि लागू हुने गरी मंहगी भत्ता वृद्धि गरी मासिक पाँच हजार रुपैयाँ पुर्याएको छु।’



About Us
प्रतिक्रिया