काठमाडौं – आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएका हुन् ।
अर्थमन्त्री पौडेलले चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका छन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षका लागि आएको बजेटभन्दा ५ प्रतिशत बढी र संशोधित बजेटको तुलनामा १८ प्रतिशतले ठूलो आकारको बजेट ल्याएका हुन् ।
१९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजिनक गर्दा अर्थमन्त्री पौडेलले राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक ५३ अर्ब ४५ करोड ब्यहोर्नेछ । यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड जुटाउने अर्थमन्त्रीले घोषणा गरे । यसपछि अपुग ३ खर्ब ६३ अर्ब आन्तरिक ऋणबाट ब्यहोर्ने उनले जानकारी दिए ।



About Us
प्रतिक्रिया