बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले यसअघि सेयर बजारप्रति लचिलो बन्ने संकेत देखाए पनि मौद्रिक नीतिको समीक्षामा भने मौन बसेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयरधितो कर्जामा केही लचिलो बन्ने अपेक्षा गरिए पनि यस विषयमा भने राष्ट्र बैंक मौन बसेको हो । शेयर बजारका बारेमा भने केन्द्रीय बैंकले निराश पारेको छ । उसले शेयर बजारको लिइएको कडा नीतिमा कुनै लचकता अपनाएन, केन्द्रीय बैंकले अझै पनि शेयर बजार प्रति लिएको नीतिलाई फेर बदल गर्नु पर्ने आवश्यकता ठानेन ।
नेपाल राष्ट्र बैंकले यसअघि सेयर धितो कर्जामा ४/१२ करोडको सीमा तोकेको थियो । राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोडको सीमा यथावत् राखेको थियो । अर्धवार्षिक समीक्षामार्फत १२ करोडको सीमा हट्न सक्ने अपेक्षा आम शेयर लगानीकर्ताको थियो । उनीहरुले राष्ट्र बैंकलाई सो सीमा हटाउनका लागि सुझाव पनि दिएका थिए तर, समीक्षामा भने राष्ट्र बैंक यस विषयमा मौन बसेको छ ।
प्रतिक्रिया