मौद्रिक नीति समीक्षाः साना ऋणीले भाका नाघेको महिनादिन भित्र ऋण भुक्तानी गर्दा पेनाल ब्याज लिन नपाइने

मौद्रिक नीति समीक्षाः साना ऋणीले भाका नाघेको महिनादिन भित्र ऋण भुक्तानी गर्दा पेनाल ब्याज लिन नपाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ऋणीलाई केही सहज नीति लिएको छ । नेपाल राष्ट्र बैंकले ऋणीको भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने पाइने व्यवस्था गरेको छ ।

अगामी जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज दायित्व भाका नाघेको एक महिना भित्र भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको दुई करोड रुपैयाँसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने भएको छ ।

‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ,’ समीक्षामा भनिएको छ ।