काठमाडौं- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले आगामी वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार देशभर रंगशाला विकास र खेल संस्कृती विकास गर्दै युवाहरुलाई खेलकुदमा आकर्षित गर्ने लक्ष्य बजेटले लिएको छ । अन्तर्राष्ट्रिय खेलकुद विधामा पदक जित्ने लक्ष्यसहित खेलाडीलाई प्रोत्साहन भत्ता र छात्रवृत्ति दिइने समेत अर्थमन्त्रीले जानकारी दिए ।
यसबाहेक, महिला खेलाडीलाई पुरुषसरहको सेवा दिने र प्रत्येक जिल्लामा कम्तिमा ३ वटा स्पोर्टस एकेडेमी सञ्चालन गर्ने योजना सरकारले बनाएको छ ।



About Us
प्रतिक्रिया