काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा रंगशाला विकास गर्नका लागि ४२ करोड रुपैयाँ छुट्याएका छन् । उनले उच्च हिमाली भेगमा हाइ अल्टिट्यूड खेल आयोजना गर्न सक्ने लक्ष्यसहित हिमाली जिल्लाहरुमा रंगशाला निर्माणका लागि करोडौं बजेट छुट्याएका हुन् ।
अर्थमन्त्रीका अनुसार मुस्ताङ, सोलुखुम्बु र जुम्लामा हाइ अल्टिट्यूड रंगशाला निर्माण गरिनेछ । यसबाहेक, अन्य क्षेत्रमा रंगशाला बनाउनका लागि कूल ४२ करोड रुपैयाँ विनियोजन भएको हो ।
यसैगरी टीयू क्रिकेट मैदानलाई रंगशालामा परिणत गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।



About Us
प्रतिक्रिया