काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १६ वर्ष माथिका युवालाई विना धितो २० लाख रुपैयाँसम्म वितरण गर्ने योजना ल्याएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले परियोजना प्रस्तावका आधारमा २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा वितरण गर्ने जनाएका हुन् ।
उनले शिक्षित युवालाई देशप्रति प्रेम जगाउन परियोजनामा आधारित कर्जा प्रवाह गर्ने जानकारी दिएका हुन् । उनका अनुसार विना धितो ३ प्रतिशत ब्याजमा २० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने भएको हो ।



About Us
प्रतिक्रिया