शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

उनले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण पढ्दै यस्तो जानकारी दिए । उनले बजेटमार्फत उद्यमशीलतामैत्री शिक्षा प्रोत्साहन गर्ने नीतिसहित २० घन्टाको न्यूनतम ज्यालासहित पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको जानकारी दिए ।

यस्तै, इन्टर्नलाई प्रोत्साहन गर्ने समेत अर्थमन्त्रीले जानकारी दिए ।