त्रिभुवन विमानस्थललाई ४ अर्ब १५ करोड बजेट विनियोजन


काठमाडौं – त्रिभुवन विमानस्थलमा बढ्दो चापलाई नियन्त्रण गर्न र विमानस्थलको क्षमता विकास गर्न ४ अर्ब १५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।  नेपाललाई हवाई उडान सुरक्षाको जोखिम सूचीबाट बाहिर ल्याउन उपयुक्त कदम चाल्ने भएको हो ।