काठमाडौं – नेपाल सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने अन्तिम तयारीमा छ । सरकार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा रहेको बेला प्रतिनिधि सभाको बैठक भने लगातार ३ दिनदेखि अवरुद्ध हुँदै आइरहेको छ । प्रमुख प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेको समयमा आगामी आर्थिक वर्षको बजेट कसरी आउँछ भन्ने विषयले यतिबेला कौतुहलता समेत जगाएको छ ।
प्रतिपक्षी दलहरूले संसद अवरोध गर्दा आगामी आर्थिक वर्षको बजेट पनि प्रभावित बन्न पुगेको छ । ।अर्थमन्त्रीले बजे पूर्व गर्नुपर्ने आर्थिक सर्वेक्षण समेत संसदमा प्रस्तुत गर्न सकेका छैनन् । प्रतिपक्षले संसद अवरुद्ध गरेका कारण नै हिजो र आजको संसद बैठकको कार्यासूचीमा तय भएका विषय संसदमा प्रस्तुत हुन सकेन ।
आगामी आर्थिक वर्षको बजेटको पूर्व सन्ध्यामा नै संसद्मा तनाव बढ्दै जाँदा बजेत भाषणमा चुनौती थपिएको हो । गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र अन्य विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आइरहेका छन् । प्रतिपक्षीको अवरोधकाबीच सत्तापक्षले ‘धक्कामुक्की’कै बीच भएपनि बजेट ल्याउने तयारी थालिसकेको छ । व्यवस्थाले नै पनि जेठ १५ गते जुनसुकै परिस्थितिमा अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्नुपर्ने छ । सोहीकारण पनि सरकारले प्रतिपक्षीले अवरोध गरे पेलेरै पनि बजेट ल्याउने गरी तयारी गरिरहेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि ३ बजे संसदमा बजेट पेश गर्ने कार्यसूची तय छ ।
गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा गम्भीर प्रश्न उठाउँदै उनको राजीनामा मागेका छन्। मंगलबार संसद् बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूको नाराबाजी र अवरोधका कारण बैठक स्थगित भएको थियो। विपक्षीले यो मागलाई ‘बटम लाइन’ बनाएर संसद् चल्न नदिने अडान लिएका छन् । जसले जेठ १५ गते संवैधानिक रूपमा प्रस्तुत गर्नुपर्ने बजेट समेत प्रभावित हुने जोखिम बढाएको छ।






About Us
प्रतिक्रिया