राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा मृत्यु भएको छ । लामो समयदेखि बिरामी रहेका प्रथम गभर्नर राणाको आइतबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हिमालयन बैंकका  संस्थापकसमेत रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । तत्कालीन समयमा अर्थसचिव रहेका राणालाई २०१३ साल वैशाख १० गते गभर्नरमा नियुक्त गरि २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।

उनी वि.सं. २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिव भएर काम पनि गरेका थिए । उनले नेपाली रुपैयाँको चलनचल्तीमा ल्याएका थिए । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए ।

राणाका २ छोरा र २ छोरी छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा उनका छोरा हुन् ।