ई–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानः यसरी रोकिँदैछ विदेशबाट अवैधानिक च्यानल हुँदै आउने पैसा

ई–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानः यसरी रोकिँदैछ विदेशबाट अवैधानिक च्यानल हुँदै आउने पैसा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
पछिल्लो समय वैधानिक माध्यमबाट रेमिट्यान्स आउने वातावरण बनाउन र पैसाको कुनै पनि कारोबार डिजिटल माध्यमबाट गर्न वा गराउन प्रोत्साहन गर्न ई–सेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित गर्दै आकर्षक अफर अभियान सञ्चालन गरिरहेको छ । 

बैकिङ्ग समाचारसँग कुरा गर्दै ई–सेवा मनी ट्रान्सफरका ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख बिनोद भण्डारीले ई–सेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सञ्चालनमा ल्याएको बताएका छन् । उक्त योजना गत असोजदेखी आगामी चैतसम्मका लागि सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत ई–सेवा मनी ट्रान्सफरबाट रेमिटेन्स पठाउनेमध्ये एक जनाले काठमाडौंमा घर उपहार पाउने पनि उनले बताएका छन् ।
\"\"
सञ्चालनमा ल्याइएको उक्त अभियानपछि अन्तिममा ई–सेवा मनी ट्रान्सफरबाट रेमिटेन्स पठाउने एक जनाले लक्की ड्रमार्फत काठमाडौंमा घर उपहार पाउनेछन् । कम्पनीले मासिक रूपमा रेमिटेन्स पाउने व्यक्तिलाई विभिन्न क्षेत्रमा सुविधा र प्रायोजन गरिरहेको पनि भण्डारीले बताएका छन् ।

उनले भने,‘संसारका जुनसुकै मुलुकमा रहेका नेपालीहरूले नेपालमा जसनसुकै व्यक्तिको बैंक खाता अथवा ई–सेवा वालेटमा पैसा पठाई उक्त अभियानमा सहभागी हुन पाउनेछन् । विदेशबाट ई–सेवा मनी ट्रान्सफरमार्फत आएको नगद रेमिटेन्स आफ्नो ई–सेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो कोहीपनि सहभागि हुन् सकिन्छ ।’ डिजिटल रेमिटेन्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउन पनि यस्तो अभियानले सहयोग गर्ने भण्डारीले बताएका छन् ।  

डिजिटल माध्यमबाट रेमिटेन्स भित्र्याउँने योजनासँगै सन् २०१९ तिर ई–सेवा मनी ट्रान्सफर सुरू भएको हो । यो नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको कम्पनी हो । यसले आफ्नो सेवाग्राहीहरुलाई आठ हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । डिजिटल माध्यमबाट रेमिटेन्स भन्नेबित्तिकै यसले पठाउने र पाउनेलाई निकै सहज बनाएको छ । हरेक क्षेत्रमा बसोबास गर्नेले निर्धक्क विदेशबाट पठाएको पैसाको कारोबार गर्न सक्छन् । ई–सेवा मनी ट्रान्सफरले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र¥याउदै आएको छ । ई–सेवाले परम्परागत शैलीमा हुँदै आएको रेमिटेन्स कारोबारलाई डिजिटाइजेसन गर्ने र विश्वभर भएका नेपालीहरूलाई देश डिजिटल बनाउने अभियानमा जोड्न ‘मेरो डिजिटल देश’ सुरू गरेको हो ।
\"\"
त्यस्तै ई–सेवा मनी ट्रान्सफरबाट रेमिटेन्स पठाउँदा सेवा शुल्क कम लाग्ने ई–सेवा मनी ट्रान्सफरका ब्राण्ड एण्ड मार्केटिङ प्रमुख भण्डारीले बताएका छन्  । उनले भने, ‘मुलुकभर हजारौंको संख्यामा एजेन्ट नेटवर्क रहेको ई–सेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सकिन्छ । त्यस्तै, स्रोत नै नखुलेको पैसा नेपाल आउँछ र स्टेटमेन्ट हेर्न पनि नमिल्ने हुन्छ । ई–सेवा मनि ट्रान्सफरबाट कारोबार गर्दा यस्तो समस्या हुँदैन, आफ्नो कारोबारको स्टेटमेन्ट जुनसुकै समयमा पनि हेर्न सकिन्छ ।’ त्यस्तै, उनले डिजिटल माध्यमबाट कारोबार गर्न वा गराउन प्रोत्साहन गर्न ई–सेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित गर्दै चैतसम्मका लागी सञ्चालनमा ल्याएको आकर्षक अफर अभियान फरक–फरक तरिकाले चैतपछि पनि जारी नै रहने बताए । 

ई–सेवा मनी ट्रान्सफरले सेवाग्राहीहरूलाई १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि रेमिटेन्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ । यसले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई–सेवा वालेटका लाखौं प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा रेमिटेन्स भित्र्याउँदै आएको छ ।
\"\"
ई–सेवाले नेपालको क्षेत्रफलमा मात्रै सञ्चालनको अनुमति पाएको छ । तर यसले संसारको विभिन्न देशको मनी ट्रान्सफर एजेन्सीहरूसँग समन्वयमा काम गरिरहेको छ । समन्वयमा काम गरिरहेका एजेन्सीहरूबाट देशको जुनकुनै पनि ई–सेवा आइडीमा रकम पठाउन सकिने र यसरी विभिन्न देशको मनी ट्रान्सफर एजेन्सी वा कम्पनीबाट नेपालमा सिधै डिजिटल माध्यमबाट रेमिटेन्स पठाउन सकिन्छ । दुई वर्ष अघि संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग पनि समन्वय गर्दै ग्राहकको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।