स्टार्टअप कल्चर: सरकार र नयाँ  उद्यमीबीच कसरी जोडिन्छ प्रविधि ? 

स्टार्टअप कल्चर: सरकार र नयाँ  उद्यमीबीच कसरी जोडिन्छ प्रविधि ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ज्ञानु श्रेष्ठ, काठमाडौं । 
हामी नवीनता र विकासको समयमा बाँचिरहेका छौं । १० देखि ५ बजेसम्मको उदेकलाग्दो जागिरमा आफूलाई सीमित गर्न नचाहने र नयाँ–नयाँ सम्भावना र अवसरको खोजी गर्ने महत्वकांक्षा बोकेका युवाहरु सामान्य लाग्ने कामलाई नै सिर्जनात्मक ढंगले काम गरेर लाखौँ लाख आम्दानी गरिरहेका छन । अहिले जमाना नै स्टार्टअपको छ । विशेषगरी युवा पुस्ता स्टार्टअप तर्फ आकर्षित भइरहेका छन ।  एउटा बुद्धिमान व्यक्तिले ठूलाठूला काम गर्दैन बरु साना कामलाई ठूलो तरिकाले गर्दछ भन्ने भनाई हामीले बेलाबेलामा सुन्दै आएका छौँ । साना काम ठूलो तरिकाले गर्नु भनेको के हो त ? अहिले प्रचलनमा रहेका स्टार्टअपहरुको विशेषता नै यही हो कि । ती भयंकर अचम्मको ‘आइडिया’ मा आधारित छैनन बरु दैनिक जीवनमा आवश्यक पर्ने सेवालाई जतिसक्दो सहज र सिर्जनात्मक ढंगले प्रदान गर्ने लक्ष्य लिएर शुरु गरिएका छन् । समाजका समस्यालाई समाधान गर्न नवीन सोचका एक वा बढी व्यक्तिले कम लगानीमा स्थापना गरेको व्यवसाय नै ‘स्टार्टअप’ हो ।
\"\"
अब चर्चा गरौं के हो त स्टार्टअप ? स्टार्टअपको परिभाषा सबै सन्दर्भमा एउटै हुन्छ भन्ने हुँदैन । स्टार्टअपलाई लिएर विकिपेडियामा लेखिएको छ, स्टार्टअप एउटा त्यस्तो कम्पनी वा परियोजना हो, जसलाई एक उद्यमीले विस्तार योग्य बिजनेस मोडेल खोज्न र विकास गर्न सुरु गरेको हुन्छ । यसैगरी इन्भेस्टोपेडिया भन्छ स्टार्टअप एक उद्यम वा कम्पनी हो, जुन एकल उत्पादनमा केन्द्रित हुन्छन् र संस्थापकले त्यस्ता उत्पादन बजारमा ल्याएर जल्दोबल्दो समस्या समाधान गर्दै राम्रो आम्दानी गर्छन । हरेक मानिसहरूको दिमाग हरेक दिन नयाँ–नयाँ विचार, सोच आइरहेको हुन्छ । समाजमा देखेका समस्यालाई सबैले व्यापारमा परिणत गर्न सकिन्छ भन्ने पनि हुँदैन । समस्यालाई समाधान गरेर व्यापारका रूपमा अगाडि बढाउने योजना हुनु नै स्टार्टअपको सुरुवात हो । उद्यमशीलतामा केन्द्रित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फोब्र्सका अनुसार स्टार्टअप भनेको त्यस्तो युवा कम्पनी हो । यसले एउटा विशिष्ट उत्पादन वा सेवा विकास गर्छ । त्यस्तो उत्पादन ग्राहकका लागि अपरिहार्य हुन्छ । स्टार्टअप सुरु गर्नुअघि योजना निकै महत्तवपूर्ण हुन्छ । योजना बनाउनुअघि समाजमा बस्ने मानिसहरूको जल्दोबल्दो समस्या के छन् भन्ने कुरा हेर्नुपर्छ ।  
\"\"
यता अर्थमन्त्री विष्णु पौडेले स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरमा हालै आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा मन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए । ‘स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो । कार्यविधि छिट्टै पारित हुनेछ’ उनले भने, ‘निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।’  साना तथा मझौला उद्योगका समस्याबारे निजी क्षेत्रले सरकारलाई स्पष्ट सुझाव दिन आवश्यक भएको उनको भनाइ छ । लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधानका लागि सरकारले पहल गर्ने बताउँदै अर्थमन्त्री पौडेलले सम्बन्धित क्षेत्रको सुझाव लिएर मात्रै सही निष्कर्षमा पुग्ने भनाइ व्यक्त गरे। प्रक्रियागत झन्झटहरू कसरी कम गर्न सकिन्छ र सेवा प्रवाहलाई सहज बनाउन सकिन्छ भनेर मूर्त र स्पष्ट सुझावको अपेक्षा सरकारले गरेको पनि उनले स्पष्ट पारे ।
\"\"
निजी क्षेत्रका समस्या सुन्ने र जायज समस्या समाधानका लागि आफूले काम गर्ने उनको भनाइ छ । साना र मझौला उद्यमीलाई वित्तीय क्षेत्रमा पहुँच कसरी बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रबाट सुझाव आउनुपर्ने उनले बताए । स्टार्टअप हरेक देश अनुसार फरक हुने नयाँ युवा उद्यमी सुवाश सापकोटा बताउँछन् । उनले भने, ‘विश्वलाई हेर्ने हो भने देशअनुसार आ–आफ्नो समय सिमा रहेको हुन्छ । जस्तै भारतको हकमा ५ वर्षभन्दा कम भएको कम्पनीलाई स्टार्टअफ भनिन्छ तर नेपालको हकमा स्टार्टअप भनेको ठ्याक्कै यही हो भनेर परिभाषित गर्न सकेको छैन । तर कुनै पनि उद्यमी अथवा उसको साथीहरु मिलेर कूनै समस्यालाई समाधान गर्ने गरी यो समस्याको समधान गर्छु र त्यसलाई व्यवसायिक रुपमा म रूपान्तरण गर्छु भन्ने गरी लाग्नु नै  स्टार्टअफ गरेको भन्नु हो  ।’ स्टार्टअफ गर्न नयाँहरुले मात्र गर्नुपर्छ भन्ने छैन नेपालमा भएको ठुलो कम्पनीहरुले पनि समानन्तर आफ्नो स्टार्टअफहरुमा लगानी गरिरहेका रहेका हुन्छन त्यसले स्टार्टअफ नयाँ युवा उद्यमीले मात्र गर्नुपर्छ भन्ने मात्रै नभएको उनी बताउँछन । 

स्टार्टअप गर्न कति सहज, कति चुनौती ?  

स्टार्टअप ठ्याक्कै कहाँबाट सुरुवात गर्ने भन्ने ठुलो चिन्ता रहेको सुवास बताउँछन् । उनी भन्छन, ‘अहिलेका युवाहरुमा पहिलो सोचाई नै कतै आफ्नो आइडिया अरूलाई भन्यो भने त त्यो आइडिया चोरिदिन्छ भन्ने छ । त्यो सबैभन्दा ठुलो भ्रम हो । किनभने यहाँ आइडिया भन्दा पनि कार्यान्वयनमा सबै भन्दा ठुलो चुनौती छ । त्यो कुरा नयाँ उद्यमीहरुले बुझ्न जरुरी छ ।’ 

नयाँ उद्यमीहरुलाई कहाँबाट सुरु गर्ने भन्ने लाग्छ तर त्यो आइडियालाई कानुनी रुपमा कसरी स्टार्टअपको रुपमा लाने भन्ने बारेमा ठुलो समस्या रहेको उनी बताउँछन् । कम्पनी दर्ता कहाँ बाट गर्ने? कसरी गर्ने ? को को मिलेर गर्ने ? एक्लै गर्ने कि टिममा गर्ने ? टीम कसरी बनाउने ?कति पूँजीबाट सरुवात गर्ने ? जस्ता विषयहरु  स्टार्टअपको मुख्य समस्या रहेको उनले बताए । 

पूँजी पनि स्टार्टअपको समस्याको मुख्य समस्या हो । अर्को चुनौती प्रक्रियामा छ । नयाँ उद्यमीहरु बजारमा प्रतिस्पर्धा छ भनेर स्टार्टअप गर्नै डराउँछन । नयाँ उद्यमीहरुमा  धैर्यता नहुनु पनि मुख्य चुनौती सुवासको बुझाई छ ।  

सबै नवीन सोच फस्टाउँछन् भन्ने हुँदै हुँदैन । धेरै चरण पार गर्नुपर्ने भएकाले स्टार्टअपको यात्रा निकै कठिन छ ।
\"\"
किन असफल हुन्छन स्टार्टअप व्यवसाय ?

बजारको राम्रो अध्ययन नभएर, व्यावसायिक क्षमतावान मान्छे नहुनु, अपनत्व नभएको कमजोर टिम लगायतका कारण, प्रविधिमैत्री बजार वा उपभोक्ता नहुँदाको समस्या, उत्पादित वस्तु वा सेवाको लागि बजार तयार नहुनु, आवश्यक पुँजी सिर्जना गर्न नसक्नु, धैर्य र निरन्तरताको कमी, सरकारको असहयोगी भावना, अप्रत्यासित प्रशासनिक आदेश, कमजोर बजार रणनीति तथा कार्यक्रम जस्ता थुप्रै कारणले स्टार्ट अप व्यवसाय असफल हुन्छन ।

नेपालमा के छ ?

नेपालमा नवीन सोचहरूको कत्ति पनि कमी छैन। साना–ठूला गरी सयौं स्टार्टअप कम्पनी वर्षेनि दर्ता भइरहेका छन् । केही सफल भएका छन् भने केही हराई सकेका छन्। टुटल, पठाओ, इनड्राइभ, खल्ती, इ–सेवा, मेरो जब, भोज, खालीसिसी जस्ता स्टार्टअपले राम्रो व्यवसाय गरिरहेका छन ।