बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकका ग्राहकले सीजी डिजिटल एण्ड एलजी शपबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिग प्रयोगकर्ताले आधिकारिक सीजी डिजिटल र एलजी शप मार्फत उत्पादन खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजनाको फाईदा कुमारी बैंकका ग्राहकले आगमी १५ फागुन सम्म पाउने छन ।
डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त कुमारीले यस सहकार्य मार्फत सीजी डिजिटल एण्ड एलजी शपेमा आफ्नो डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्न मिल्ने प्रावधान गरेको हो ।
आगामी दिनहरुमा पनि बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवामा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने छ ।
बैंकले आफ्ना देशव्यापी ३ सय ४ शाखा सञ्जाल, ३ सय ४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया