बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रू. २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले २८ दिनको लागि रू. ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन १६ गते परिपक्व हुनेछ ।
त्यस्तै राष्ट्र बैंकले ९१ दिनको लागि रू.५ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ ।
१८२ दिनको लागि रू.५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साउन १६ गते परिपक्व हुनेछ ।
१ वर्षको लागि रू.६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० माघ १६ गते परिपक्व हुनेछ ।
प्रतिक्रिया