राष्ट्र बैंकद्धारा पुरानो विप्रेषण विनियमावली खारेज गरि नयाँ जारी (पूर्णपाठ सहित)

राष्ट्र बैंकद्धारा पुरानो विप्रेषण विनियमावली खारेज गरि नयाँ जारी (पूर्णपाठ सहित)


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेकाे राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जानकारी दिएकाे छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बैंकबाट नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ लाई खारेज गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा २ र विदेशी विनिमय–नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी गरिएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।’