बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी बैंकसँग मर्जर भएको प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन । यसअघि सोही बैंकमा २ कार्यकाल सीईओ भएर सफल कार्यकाल पुरा गरेका शेरचनको दुई बैंक मर्जभएपछि पुनः अर्को कार्यकालका लागि नियुक्त भएका हुन ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । बैठकले शेरचनलाई माघ १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् ।
दुई साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई प्रभुमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन् । अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो । २०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो ।
प्रतिक्रिया