महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको करसमेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश साधारण सभा सम्पन्न भएको दिनदेखि नै वितरण गरेको हो ।

कम्पनीले पुस १७ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरेको जनाएको छ । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरूलाई यथाशीघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ । शेयर धितो राखेका शेयरधनीको हकममा भने सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्न अनुरोध गरेको छ ।

सोही वार्षिक साधारण सभाबाट कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पनि पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गरिनेछ ।