एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो ८.५०% बोनस शेयर

एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीको हितग्राही खातामा जम्मा गर्यो ८.५०% बोनस शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा बोनस शेयर जम्मा गरेको छ ।

कम्पनीले २०७९ साउन ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशलमव ५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस क्लियरिङ्गमा सूचीकृत भएपछि शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

२०७९ असार २७ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सम्बन्धीत हितग्राही खातामा जम्मा गरिदिएको कम्पनीले जानकारी दिएको छ । सो मिति पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश शेयर जम्मा हुनेछ ।

साथै हाल सम्म पनि शेयरधनी अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गरापछि मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ ।