बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र पार्क सफारी रिसोर्ट प्रा.लि.बीच बिहिबार व्यवसायीक सम्झौता भएको छ ।
उक्त बैंकका बिशेषधिकार कार्ड (Privilege Card) होल्डर, कर्मचारी, बचतकर्ता तथा शेयरधनीहरुलाई पार्क सफारी रिसोर्ट प्रा.लि ले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिने सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र पार्क सफारी रिसोर्ट प्रा.लि.का प्रवन्ध निर्देशक महेश खनालले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (Privilege Card) होल्डर, कर्मचारी, बचतकर्ता तथा शेयरधनीहरुले पार्क सफारी रिसोर्ट प्रा.लि.को सेवाहरु उपभोग गर्दा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
उक्त सम्झौताबाट बैंक तथा रिसोर्ट दुवै पक्षको ब्यवसायिक सम्बन्ध तथा ब्यावसाय सुदृढ हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
बैंकका बिशेषधिकार कार्ड (Privilege Card) होल्डर, कर्मचारी, बचतकर्ता तथा शेयरधनीहरुलाई रिसोर्टले प्रदान गरेको छुट सुबिधामा बैंकले प्रशत्रता समेत ब्यक्त गरेकोछ ।
प्रतिक्रिया