काठमाडौं – नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आएसँगै शेयर लगानीकर्तामा उत्साह छाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकमा डा. विश्वनाथ पौडेललाई १८औं गभर्नरकारुपमा नियुक्त गरेको थियो । यससँगै, शेयर लगानीकर्तामा नयाँ उत्साह आएको हो ।
यसअघि राष्ट्र बैंकको नेतृत्व खाली हुँदा र को आउने भन्ने तय नहुँदा शेयर बजार निराशाको भूमरिमा परेको थियो । जससँगै लगाता ६ दिनसम्म शेयर बजारले गिरावट ब्यहोरेको थियो । तर, गभर्नरमा डा. पौडेल आउने हल्ला चलेसँगै मंगलबार नै शेयर बजार उकालो लाग्न थाल्यो ।
मंगलबार कारोबार समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसचक ४९ अंकले बढेको थियो । यस्तै, आज कारोबार खुलेको ३० मिनेटसम्मको अवधिमा ४४ अंकले बढेको छ भने २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया