सनराइज बैंकले केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गर्यो बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो

सनराइज बैंकले केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गर्यो बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ्ग पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोग संगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको छ । साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् । 

हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर सनराइज बैंकले “कुशल” नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ ।  

मिति २०७९/१०/११ बुधबार एक कार्यक्रमका बीच सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका थिए । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । 

उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फत समाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ ।